संगालोखबर

विराटनगर । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षा भएपछि खेल रद्द भएको हो ।

Advertisement

नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेदेखि सुरु हुने भएपनि लगातारको वर्षपछि टस नभई खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुबै टिमलाई १–१ अंक बाँडिएको छ ।

श्रीलंकामाथि विजय हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आठमा प्रवेश गर्नका लागि धक्का लागेको छ भने समूह डीबाट दक्षिण अफ्रिका सुपर आठमा पुग्ने सुनिश्चित भएको छ । नेपालले आगामी दुई खेल जितेको खण्डमा मात्र सुपर आठमा पुग्ने छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वर्षाको कारण रोकिएको यो दोस्रो खेल हो । यसअघि समूह बी मा स्कटल्यान्ड र इंग्ल्यान्डबीचको खेल रद्द भएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!