संगालोखबर

विराटनगर । पोखरामा हुने अण्डर–१५ विद्यालय खेलकुद राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा कोशी प्रदेशबाट चारजना छात्र र चारजना छात्रा छनोट भएका छन् ।

Advertisement

विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत् सुशान्त मेहता टेबलटेनिसको कोशी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।

सुनसरीको इटहरीमा सम्पन्न छनोट प्रतियोगिताबाट उनीसहित कोशी प्रदेशबाट छात्रतर्फ ४ जना र छात्रातर्फ ४ जना छनोट भएका हुन् । छनौट हुनेमा मोरङबाट छात्रतर्फ मेहता, यथार्थ आचार्य र छात्रातर्फ विज्ञता थापा र मानसी सेठिया छन् ।

यसैगरी, सुनसरीबाट छात्रतर्फ गौतम तामाङ र स्वर्णिम कार्की तथा छात्रातर्फ सुलेखाकुमारी ठाकुर र सुधा पोखरेल छनोट भएको टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँले जानकारी दिए ।

छनोट प्रतियोगितामा कोशी प्रदेशका ६ जिल्लाले सहभागिता जनाएका थिए । छनोट हुने खेलाडीले जेठ ३० देखि ३२ गतेसम्म गण्डकीको पोखरामा हुने अण्डर–१५ विद्यालय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!