संगालोखबर


विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका तीन स्कुल विजयी भएका छन् ।सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् ।

पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४–२ गोलले हरायो । गौतम बुद्धका आयूष प्रधान, आदर्श राई, आसुतोस खड्का र सौरव रानामगरले गोल गरे । सप्तकोशीको तर्फबाट समिर राजपुरिया र रितेश कर्णेलले गोल गरे । प्लेयर अफ द म्याच गौतम बुद्ध स्कुलका गोलकिपर सुभम राई घोषित भए ।

Advertisement

दोस्रो खेलमा गोदावरी स्कुल वाकओभरमा विजयी घोषित भयो । बिनायक स्कुल नभएपछि गोदावारीले वाकओभर पाएको हो । यस्तै, तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले पराजित गर्यो । सेन्टजोसेफका निशाद सिटौलाले दुई गोल र प्रनिश खड्काले एक गोल गरे । दुई गोल गर्ने निशाद सिटौला प्लेयर अफ द म्याच घोषित भए ।

बुधबार पहिलो खेल ग्यालेक्सी र मदरल्याण्ड एकाडेमीबीच हुनेछ । दोस्रो खेल दर्पन र मोडर्न एरा स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

प्याब्सन विराटनगरको आयोजनामा भएको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!