संगालोखबर


विराटनगर । फिफा विश्वकप–२०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा यमनविरुद्ध २–२ गोलको बराबरी खेल्दै नेपालले दोस्रो चरणको पहिलो अंक जोडेको हो ।

नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले १–१ गोल गरे । खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत यमनले गोल गरेको थियो । डि बक्सभित्र मनिष डाँगीले रमी अलवासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

Advertisement

त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए ।

६६औं मिनेटमा नेपालले खेलमा अग्रता लियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो ।

जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो । यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहिन बनेको थियो । यमनसँग बराबरी खेलेपछि समूह ‘एच’मा नेपालले १ अंक जोड्न सफल भएको छ । ६ खेलमा कूल २० गोल व्यहोरेको नेपालले जम्मा दुई गोल गर्यो । यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पराजित भएको छ ।

समूह ‘एच’ को शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन् । अब नेपाल र यमनले एसियन कप–२०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!