संगालोखबर


विराटनगर । विराटनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ विराटनगरको आयोजनामा भोलि र पर्सि प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजकले पत्रकार सम्मेलन गरी प्रतियोगितामा कोशी र मधेश प्रदेशका २० टिमको सहभागिता हुने जानकारी दिएको छ । विराटनगर–६ स्थित म्यारी लिबोन ज्याला क्रिकेट मैदानमा हुने खेल बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement

पाँच ओभरमा हुने खेलको एक टिममा ६ जना खेलाडी समावेश गरिएको खेल संयोजक महबुब इराकीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार र दोस्रो हुनेले ४० हजार र कप पाउनेछन् ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार नगद र कप, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई नगर तीन-तीन हजार र कप प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच सय प्रदान गरिने जनाइएको छ । प्रतियोगिता सञ्चालनमा तीन लाख खर्चको अनुमान गरिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!