संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनकुटा छथर जोरपाटी गाउँपालिका-२ जोरपाटीस्थित कोशी लोकमार्गमा एक बालकलाई ठक्कर दिएर भ्यान फरार भएको छ ।

आज साँझ अन्दाजी ६ः४५ बजे सिधुवाबाट हिलेतर्फ जाँदै गरेको, ‘मातृभाग्स एग्रोभेट’ लेखिएको खरानी रङको, ४८५ नम्बर खुलेको तर अन्य विवरण अज्ञात रहेको भ्यानले बाटोमा हिँडिरहेका अन्दाजी ४ वर्षीय रियो मगरलाई ठक्कर दिएको थियो ।

Advertisement

बालकको टाउको र खुट्टामा गम्भीर चोट लागेका कारण उनलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाइएको छ ।

ठक्कर दिई फरार भएको उक्त भ्यानको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरी निरीक्षक विष्णु बहादुर खड्काको कमान्डमा टोली परिचालन भई आवश्यक अनुसन्धान तथा खोजी कार्य भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!