संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका-४ बाट अफिमसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका-६ का देवेन्द्र थापा छन् । उनीहरूको साथबाट १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम बरामद गरेको प्रहरीले जनाएको छ ।

Advertisement

यसैगरी विराटनगर-१५ बाट सुन्दरहरैँचा नगरपालिका-२ का ३१ वर्षीय सरन डाँगी २ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!