‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का किशोरानन्द चौधरीे ६० वर्ष पुगे । उनले दैनिक ज्याला मजदुरीको काम गर्न थालेको ४० वर्ष भयो । प्रत्येक दिन उनी विराटनगरको बरगाछी चोकमा भेटिन्छन् ।
आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बिहान ८ बजे सदाझैँ उनी बरगाछी चोकमै भेटिए । बिहान ७ बजे बरगाछी आइपुगेका चौधरी कोही कामको लागि लिन आउँछ भन्ने आशमा तातो घाममा कुरेर बसिरहे ।
९ बजेसम्म पनि कोही नआएपछि नि...












