संगालोखबर

विराटनगर । शनिबार विराटनगरको मनास्लु होटलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो । कार्यक्रममा कोबास कलेजको प्रिन्सिपलको भूमिकामा सुनिल श्रेष्ठ सहभागी थिए । 

Advertisement

आइतवार उनलाई कलेजले प्रिन्सिपलबाट हटाएको भन्ने हल्ला फैलियो । तर उनले यसबारे कतैबाट केही जानकारी पाएका थिएनन् । आज सोमवार श्रेष्ठलाई कलेज प्रवेशमा नै रोक लगाइयो ।

कलेज व्यवस्थापनले आफूलाई बिनाकारण गेटबाट भित्र पस्न नदिएको भन्दै आपत्ति जनाएका उनले कलेजको गेटमा विरोध जनाएका छन् । बिहान कलेज गएका श्रेष्ठलाई सञ्चालकहरूको आदेश अनुसार भन्दै सुरक्षागार्डले प्रवेशमा रोक लगाएका हुन् ।

कलेज प्रवेशमा रोक लागेपछि प्रिन्सिपल श्रेष्ठले गेटमै विरोध प्रदर्शन गरेका छन् । उनलाई विद्यार्थीहरूले पनि साथ दिएका थिए । प्रिन्सिपलबाट श्रेष्ठलाई हटाउन नहुने भन्दै विद्यार्थीहरूले नारा समेत लगाएका छन् । आफूलाई पत्र नदिइकनै निकालिएको भन्दै उनले आपत्ति जनाए ।

थोरै विद्यार्थी हुँदा आफू प्रिन्सिपलको जिम्मेवारीमा आएको र अहिले चार सयभन्दा बढी विद्यार्थी सङ्ख्या पुगेपछि आफूलाई निकालिएको श्रेष्ठको आरोप छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!