संगालोखबर

विराटनगर । विराटनगरको नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठानले एकजना चिकित्सक र एउटा संस्थालाई २०८० सालका दुई पुरस्कार दिने निर्णय गरेको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल ज्ञानविज्ञान पुरस्कार प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिने भएको छ ।

Advertisement

यसैगरी, नगेन्द्रप्रसाद–आशालता रिजाल शिक्षा पुरस्कार झापाको शङ्कराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि एक–एक लाख रुपैयाँ छ ।

प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले ती पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका सचिव कविराज न्यौपानेले जानकारी दिए । घोषित पुरस्कारहरू साउन २४ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने जनाइएको छ ।

यसअघि ती पुरस्कार डा. रामानन्द गिरी, स्वामी देवराजाचार्य, षडानन्द संस्कृत गुरुकुलम, परशु प्रधान, बालकृष्ण पोखरेल, दधिराज सुवेदी लगायतलाई प्रदान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!