संगालोखबर

विराटनगर । विराटनगरको पुष्पलाल चोक–विराटचोक सडक खण्डको घिनाघाटमा गएराति भारतीय ट्रक दुर्घटना भएको छ । विराट चोकबाट आउँदै गरेको बीआर ० ६ जीडी ५४४४ नम्बरको भारतीय ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हो ।

Advertisement

स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त ट्रक राति ११ बजेतिर घिनाघाट पुलमा ठोक्किएर दुर्घटना भएको हो । सिङ्घिया खोलामाथि बनाइएको नवनिर्मित पुलमा ट्रक ठोक्किएर ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नवनिर्मित पुलको संरचना भत्काउँदै सोही स्थानमा रहेको पुरानो पुलमा ट्रक खसेको थियो । दुर्घटनाका कारण ट्रकको अगाडिको भागका साथै पुलको केही भाग क्षतिग्रस्त भएको छ ।

स्थानीय सुमन बन्जाराका अनुसार दुर्घटना लगत्तै अस्थायी प्रहरी चौकी घिनाघाटको टोली पुगेर घटनाबारे बुझेको थियो । त्यस क्रममा आसपासका स्थानीय बासिन्दा पनि उल्लेख्य सङ्ख्यामा भेला भएका थिए ।

घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ । सहचालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!