संगालोखबर

विराटनगर । विराटनगरमा विद्यार्थीहरूबीच गएराति कुटाकुट हुँदा एकजना घाइते भएका छन् । कुटपिटबाट बाराको कलैया नगरपालिका–१३ घर भइ विराटनगर–१ मा बस्दै आएका २१ वर्षीय रवीन्द्रप्रसाद कुशवाहा घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार विराटनगर–१ स्थित ल क्याम्पसनजिक करिब साढे ९ बजे उनीहरुबीच झगडा भएको थियो । घाइते भएका कुशवाहा र कुटपिट गर्नेहरू पनि सोही क्याम्पसका विद्यार्थी हुन् ।

दुई पक्षबीच सामान्य विवाद हुँदा पर्साको वीरगन्ज उपमहानगरपालिका–११ घर भएका २३ वर्षीय मिकलेश चौहानसहित चारजनाको समूहले कुशवाहालाई कुटपिट गरेको प्रहरीको भनाइ छ । घटनामा संलग्नमध्ये चौहानलाई प्रहरीले पक्राउ गरेको छ । अरु फरार रहेकाले खोजी भइरहेको बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!