संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका झापाको दमक नगरपालिका–१० का २२ वर्षीय धनराज रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाइकल चालक दमक–१० का २२ वर्षीय रोशन भट्टराई घाइते भएका छन् । उनको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!