संगालोखबर

विराटनगर । मोरङ र खोटाङमा खोलामा डुबेर दुईजना वृद्धाको मृत्यु भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखु खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बजारबाट फर्कने क्रममा मेखु खोलामा आएको भेलले बगाएर उनी बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो ।

यसैगरी, विराटनगर महानगरपालिका–१ स्थित सिङ्घिया खोलामा डुबेर ९० वर्षीया तुलसीमाया भण्डारीको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो अपराह्न उनी मृत फेला परेकी थिइन् । खोलामा डुबिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर बाहिर निकाल्दा उनको मृत्यु भइसकेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!