संगालोखबर

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी धनकुटाले पहिरोको जोखिम भएका स्थानका बासिन्दालाई समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै जोखिम भएका ठाउँका बासिन्दालाई सुरक्षित रहँदै समयमै सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेको हो ।

Advertisement

अध्यक्ष शिव आङ्गला लिम्बुद्वारा जारी विज्ञप्तिमा अविरल वर्षाका कारण सिङ्गो देशमा नै ठूलो जनधनको क्षति भएको भन्दै पीडितको उद्धारमा खट्न सबैलाई आग्रह गरिएको छ । कमिटीले धनकुटाको पाख्रिबास नगरपालिका-५ देवीथानस्थित गुराँसेमा पहिरोका कारण ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यसैगरी धनकुटाको सिंधुवा, जोरपाटी, लेगुवा, मुर्तीढुंगा, जिरोप्वाइन्ट, चौविसेलगायत सबै पालिकाहरूमा पहिरोबाट दर्जनौं पशु चौपायाहरू पुरिएका विज्ञप्तिमा उल्लेख गरिएको छ । पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान र व्यवस्थापन गर्न तीनै तहको सरकारलाई कमिटीले ध्यानाकर्षण गराएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!