धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् ।
तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए ।
काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो गोठ जीर्ण रहेकाले आफै भत्किएको स्थानीयको अनुमान छ ।