संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–९ बरबोटेमा आज दिउँसो रुखको हाँगाले लागेर वृद्धको मृत्यु भएको छ । दिउँसो करिब ३ः३० बजे पानीको पाइप जोड्न गएका बेला रुखको हाँगा झरेर लाग्दा स्थानीय ७२ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो ।

Advertisement

पाइप जोड्ने क्रममा सल्लाको सुकेको हाँगा झरेर लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट वेलहराबाट प्रहरी टोली घटनास्थल गएको थियो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!