संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ को कार्यालय भवन उद्‌घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय नजिक ६५ लाखको लागतमा निर्माण गरिएको दुई तले वडा कार्यालय भवन बुधबार उद्‌घाटन गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलालेखको पर्दा उघारेर भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगर प्रमुख तामाङले आफ्नै भवनबाट सेवा प्रवाह गर्दा थप सहज हुने धारणा राखे ।

जनतालाई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको भन्दै मेयर तामाङले सबै वडाहरूको सेवा प्रवाहलाई व्यवस्थित गर्दै लगिएको उल्लेख गरे ।

 

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, धनकुटा ९ का वडाध्यक्ष टङ्क रोइला, युवा नेता अर्जुन छाराहाङ लगायतले आफ्नै भवनबाट वडाको सेवा प्रवाह सुरु भएपछि सेवाग्राहीलाई पनि सहज हुने विश्वास व्यक्त गरे ।

 

धनकुटा नगरपालिका वडा नं.४ ले मुख्यमन्त्रीको सम्पर्क कार्यालय नजिक निजी घरमा मासिक ७ हजार ५ सय रुपैयाँमा तीन वटा कोठा भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्दै आएको थियो ।

अब, वडाको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष जम्सेर छारा बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!