संगालोखबर

धनकुटा । संविधान दिवसको अवसर पारेर आज साँझ धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको संयोजनमा स्थानीयवासीले दीप प्रज्वलन गरेका हुन् ।

Advertisement

नेपालको नक्सा र राष्ट्रिय झन्डाको आकृति बनाएर दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी नगरका संस्थापक मेयर पर्शुराम नेपालले मैनबत्ती बालेर दीप प्रज्वलन कार्यक्रम सुरुवात गरेका थिए ।

जनताका प्रतिनिधिले बनाएको संविधान जारी गर्ने वातावरण सृजना गर्ने अवस्थासम्म ल्याइपुर्याँउन बलिदानी गर्ने सहिदहरुको सम्झना गर्दै एक मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय गान र महालक्ष्मीको नगर गान गाएर सम्मान प्रकट गरिएको थियो ।

२०७२ साल असोज ३ गते संविधान सभामार्फत नेपालको संविधान जारी गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!