लघु कथाः बालिको सुचिकार
दशैं नजिकिदै थियो । चंखेलाई कामको चटारो धेरै थियो । भएभरका गाउँका मानिसका कपडा सिउनु छ, भनेर धेरै चिन्ता लागिरहेको थियो । चंखे असल र इमानदार दर्जी थियो । बर्षभरि सबै गाउँका मानिसको बालिमा लुगा सिउने मानिस थियो । यसरी उसको दिनचर्या चलिरहेको थियो । लुगा सिलाएवापत सालमा एक पटक दुई चार मुरी धान भित्र्याउँथ्यो । उसको जीवन सजिलो थिएन । छोरा काले र गोरेलाई भने उसले ससुरालीमा राखेर दर्जी काम सिकाएको थिय...