
विराटनगर । प्रतिनिध सभा सदस्य निर्वाचन अन्तरगत हालसम्म ११ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । याे समाचार तयार पादार्सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ६ स्थानमा जित हासिल गरेको छ । यस्तै नेपाली काँग्रेसले ३ र नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जितेको छ ।
रास्वपाका उम्मेदवार गणेश पराजुली काठमाडौं–७ बाट २७८०५ मत प्राप्त गर्दै विजयी भएका छन् । उनलाई पछ्याएका काँग्रेस उम्मेदवारले २९८२ मत प्राप्त गरेका छन् ।
यस्तै काठमाडौं–३ बाट १८७५७ मत प्राप्त गर्दै रास्वपाका राजुनाथ पाण्डे विजयी हुँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले १११७१ मत प्राप्त गरेका छन् ।
काठकाडौं–८ बाट २४५९२ मत प्राप्त गर्दै रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमिले २७१७ मत प्राप्त गरेका छन् ।
यस्तै काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल २७७१९ मत प्राप्त गर्दै विजयी हुँदा काँग्रेसका कृष्ण सबुज बानियाँले ६६४७ मत प्राप्त गरेका छन् । काठमाडौं–१० बाट रास्वपाका प्रदीप विष्ट ३७४६९ मत ल्याएर विजयी हुँदा काँग्रेसका हिमाल कार्कीले ८१०० मत प्राप्त गरे ।
काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना १५४५५ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका प्रवल थापाले ६३६४ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १०२४० मत ल्याएर विजयी हुँदा एमालेका लिलामणि पौडेलले ३४६२ मत प्राप्त गरेका छन् । यस्तै कालीकोटमा नेकपाकै महेन्द्र बहादुर शाही ११३३८ मत ल्याएर विजयी हुँदा एमालेका नगीन्द्र शाहीले १०३५२ मत प्राप्त गरेका छन् ।
रसुवामा काँग्रेका मोहन आचार्य १०६५६ मत ल्याएर निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बसन्त भट्टले ५५७१ मत प्राप्त गरेका छन् । यस्तै मुस्ताङमा योगेश गौचन थकाली ३३०७ मत ल्याएर विजयी हुँदा एमालेका इन्द्रधारा डाडु विष्टले १८०६ मत प्राप्त गरे ।
मनाङमा काँग्रेसका टेकबहादुर गुरुङ २४१५ मत ल्याएर विजयी हुँदा नेकपाकी यशोदा सुवेदीले ४५४ मत प्राप्त गरिन् ।

संगालोखबर 















