धरानका मेयर हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । साङपाङले आज बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् ।
यसअघि श्रम संस्कृति पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ पुगेका हुन् । आयोजक अनुसार उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि सनाखत ग...






























