
विराटनगर । नेपाली काँग्रेसले प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । काँग्रेसका योगेश गौचनले ३ हजार ३०७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरु दल निकै कम मत पाएका छन् । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।

संगालोखबर 















