संगालोखबर


विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।

उनले ३६ हजार ८५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याएका नेपाली काँग्रेसका गुरुराज घिमिरेले १२ हजार १४७ मत प्राप्त गरेका छन् । राजवंशीले २४ हजार ७१२ मतान्तरले जित हासिल गरेका हुन् । राजवंशी पूर्व पत्रकार हुन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदीले १० हजार ४३ मत प्राप्त गर्दा नेकपा एमालेका जीवन घिमिरेले ५ हजार ९२८ मत प्राप्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!