प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोही अनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताएका हुन् ।
प्रदेशका संरचना बढी हुँदा प्रशासनिक खर्च बढेको, व...





























