- संगालोखबर सम्वाददाता


काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।

उनले १६७ मत पाए भने कांग्रेसकी न्यौपानेले १०० मत पाइन् । प्रतिनिधिसभाका २७५ सांसद मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे ।

Advertisement

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!