- संगालोखबर सम्वाददाता

काठमाडौं । प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । विश्वासको मत प्रस्तावको पक्षमा २६८ सांसदले मतदान गरेका हुन् । २७५ प्रतिनिधि सभा सदस्य मध्ये बैठकमा २७० जना उपस्थित थिए ।

Advertisement

जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबैले विस्वासको मत दिएका हुन् । प्रधानमन्त्री दाहाललाई उनीसम्बद्ध नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका छन् । त्यस्तै, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि विश्वासको मत प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

नेकपा एमालेसहित सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनरुप दाहालले आज विश्वासको मत लिएका हुन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उनलाई विश्वासको मत दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!