- संगालोखबर सम्बाददाता


काठमाडौँ । नेकपा एमालेसहितका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको हो ।

दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपासहितका दलले समर्थन गर्ने भएका छन् । १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति जुटेको बैठकमा सहभागि नेताहरुले जानकारी दिएका छन् । एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् । उनीहरु मिल्दा १६६ सांसद पुग्छ ।

Advertisement

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघिनै सहमति गरेर दलहरु सरकार गठनको तयारीमा लागेका हुन् । एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएपछि सत्ता गठबन्धन स्वतः टुटेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन टुटेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!