- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ ।

पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिका उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!