- संगालोखबर सम्बाददाता

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । सोही अनुसार घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् ।

सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!