- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।

दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । संस्थापन पक्षले एक जना मात्रै उम्मेदवार बनाउन गरेको प्रयास विफल भएपछि दुई जनाले नै उम्मेदवारी दर्ता गरेका हुन् ।

कार्कीको प्रस्तावक रामकुमार खत्री र समर्थक शम्शेर राई रहेका छन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनिताकुमारी चौधरी समर्थक रहेका छन् । यस्तै थापाको प्रस्तावकमा भूपेन्द्र राई र समर्थकमा भीम पराजुली छन् ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ । नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा निर्वाचन कार्यक्रम राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!