संगालोखबर सम्बाददाता

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । ७७ वटै जिल्लामा गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ ।

Advertisement

मतदानमा सहजिकरणका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटाइएको छ । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १ सय ९९ उम्मेदवारको नाम बन्दसूचीमा छ ।

यता, प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम बन्दसूचीमा छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ कूल ५ हजार ६ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ कुल ५ हजार ९ सय ७ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!