रबिन कटेल

काठमाडौं । नवनियुक्त मन्त्री राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा मन्त्री राईलाई दिन लागिएको हो ।

Advertisement

धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएका एमाले केन्द्रिय सदस्य राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । सोही दिन उनीसहितका अन्य मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी थिइन् ।

तर, दलहरुबीच मन्त्रालय बाँडफाँडको टुंगो लाग्न ढिलाई हुँदा राईको मन्त्रालय टुंगो लागेको थिएन । मन्त्री नियुक्त भएको २२ दिनपछि उनको मन्त्रालय टुंगो लागेको हो । मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय परेको छ ।

माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ भने जनमत पार्टीको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement