- संगालोखबर सम्वाददाता

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राई धनकुटा आइपुगेका छन् । मन्त्री बनेपछि राई पहिलो पटक गृह जिल्ला आइपुगेका हुन् । 

Advertisement

एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएपछि गत मंगलबार राईले भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

यसैबीच मन्त्री राईलाई बधाई ज्ञापन गर्न नेकपा एमाले धनकुटाले जिल्ला पार्टी कार्यालयमा आज बिहान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा राईलाई बधाई दिन सयौँ नेता, कार्यकर्ता तथा समर्थक भेला भएका थिए । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!