- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन् ।

उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । ७९ वर्षका मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए ।

प्रदेश १ मा नेकपा एमालेका ४० जना, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!