संगालोखबर सम्वाददाता

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सकिने संकेत गरेका छन् । प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

Advertisement

अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने उनको भनाई छ । तर, गठबन्धन छोडेर कांग्रेसले एमालेलाई सरकार बनाउँन प्रस्ताव गरेमा एमाले छलफलका लागि तयार रहेको उनले बताए । अहिलेको वर्तमान गठवन्धन मुलुकको हितमा नरहेकाले उनले आरोपसमेत लगाए ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य गोपाल गुरागाईं, एमाले १ नम्बर प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने लगायत नेताहरु पनि सहभागि थिए ।

छिन्ताङ्ग हत्याकाण्डका सहिद परिवारलाई सम्मानका लागि आयोजित कार्यक्रममा सहभागि हुन बरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरु धनकुटा आएका हुन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज १ नं. प्रदेश कमिटीले ३५ औं स्थापना दिवसको अवसर पारेर सहिद परिवारलाई सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!