संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसहितका चार दलको बैठक अहिले एमालेका अध्यक्ष केपी ओली निवास वालकोटमा जारी छ ।

Advertisement

बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका सहभागि छन् । सिके राउत पनि बालकोट पुगेका छन् । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न कांग्रेस तयार नभएपछि माओवादी अध्यक्ष दाहाल सत्ता गठबन्धनको वार्ता छाडेर ओलीसँगको छलफलमा पुगेका हुन् । बैठकमा सहभागि चारै दल मिल्न सकेमा सरकार गठनका लागि बहुमत पुग्छ ।

२७५ सदस्यीय रहेको प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसद चाहिन्छ । एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । राप्रपा पनि एमालेसँग सकारात्मक छ । उसँग १४ सांसद छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष ओलीसँग वार्ता गरेर निस्किएका छन् ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा आज साँझ ५ बजे सकिदै छ । समयसिमा सकिनै लाग्दा दलहरु सरकार गठनको दौडधुपमा लागेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!