- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा १८ मतसहित थापा निर्वाचित भएका हुन् ।

दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे भने अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला प्यानलका हुन् ।

कार्की शेखर कोइराला टिमबाट उम्मेदवार बनेका थिए भने अर्याल  सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए । तर देउवा र सिटौला मिलेका कारण थापा विजयी भएका हुन् । ९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!