धनकुटा । नवनियुक्त मन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधान र राईसहित चार मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् ।

Advertisement

उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ ग्रहण गरेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

मन्त्रीहरुमा राजेन्द्र राईसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र अब्दुल खानको सपथ ग्रहण गरेका हुन् । मन्त्रीको सपथ लिएका राईसहित चारै जनाको मन्त्रालय भने तोक्न वाँकी छ । योसँगै अब मन्त्रीमण्डल ८ सदस्यीय बनेको छ ।

धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले केन्द्रिय सदस्य राई पहिलो पटक बन्त्री बनेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!