धनुका कटेल/संगालोखबर

भोजपुर । माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबन्डामा माओवादीको भागमा परेको पर्यटन मन्त्रालयको जिम्मा पार्टीले नेता किराँतीलाई दिने भएको हो ।

Advertisement

किरातीले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको सामाजिक सञ्जाल मार्फत खुलाएका छन् । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किराँती मन्त्री बन्ने चर्चा यसअघि नै चलेको भएपनि उनले कुन मन्त्रालय पाउँने यकिन थिएन ।

सोमबार सत्तारुढ दलहरुबीच भएको छलफलमा मन्त्रालय बाँडफाँड टुंगो लागेपछि माओवादीको मागमा परेको पर्यटन मन्त्रालयमा पार्टीले किरातीलाई पठाउँन लागेको हो ।  भागबन्डा अनुसार एमालेको भागमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय परेको छ ।

माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ । नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ ।

राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ भने जनमत पार्टीको भागमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । दलहरुले मन्त्रालय भागबन्डा गरेपनि कुन मन्त्रायलमा कसलाई पठाउँने भन्ने पूर्ण रुपमा टुंग्याएका छैनन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!