- संगालोखबर सम्वाददाता

काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम घोषणा बदर गरी पुनः मतदान गर्नुपर्ने उनको माग छ । खनालले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी र संघीय संसद् सचिवालयलाई विपक्षी बनाएका छन् ।

इलाम क्षेत्र नं.१ मा खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत बिजयी भएका थिए । एमाले उम्मेद्वार बस्नेत २५ हजार ७ सय ५३ मतसहित बिजयी हुँदा खनालले २३ हजार ८९ मत पाएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै असन्तुष्टि जनाउँदै आएका खनालले अन्ततः सर्वोच्च अदालतमा रिट दायर गरेर पुनः मतदानको माग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!