- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा.सुनिल शर्माले पार्टीभित्र आन्तरिक समस्या नरहेको बताएका छन् । चुनावी अभियानमा जुटेका नेता डा.शर्माले आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

१२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने नेता शर्माको तर्क छ । ‘पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन,’ अग्रजहरू प्रति आदर भाव प्रकट गर्दै उनले भने, ‘पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन, कोही जित्छन् । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन ।’ आफू निर्वाचनको मैदानमा आएकै दिन कान समाएर सबैसँग माफि मागेको स्मरण गर्दै उनले भने ‘अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन ।’

Advertisement

आफूबिरुद्ध मिडियामा आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे, ‘मैले सयौं विद्यार्थीलाई निःशुल्क पढाएर डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपैयाँ नलिई उपचार गराएँ । विरामीको कुरुवालाई समेत खान दिएर उपचारमा सहयोग गरें । मैले न बिरामीलाई पार्टी सोंधें ? न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधें । मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएँ । स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिव र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोमको पहुँच पुर्याएको छु । तराईका हुन वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाइरहेको छु । यी सबै सामाजिक गतिविधिको समाचार लेख्न चै किन कञ्जुस्याई गरिन्छ ?’

पूर्वाग्रही भएर लेखेको समाचार र पत्रकारिता लामो समयसम्म नटिक्ने उनको भनाई छ । नेता शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेको टिप्पणी पनि गरे । उनले पार्टीका आधिकारिक उम्मेद्वारहरुलाई जिताउँने अभियानमा जुट्न सबै नेता कार्यकर्तामा आग्रह पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!