एमाले धनकुटाको अधिवेशन: सर्वसम्मत नेतृत्व चुन्न जोडबल, को बन्ला अध्यक्ष ?
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटाको ७ औं जिल्ला अधिवेशन शुक्रबारबाट सुरु भएको छ । धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा अधिवेशन आयोजना गरिएको हो ।
नेकपा एमालेका नव निर्वाचित केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले दिप प्रज्वलन गरेर अधिवेशन उद्घाटन गरेका छन् । अधिवेशन उद्घाटन गर्दै केन्द्रिय सदस्य राईले अब धनकुटामा एमालेले पाँच दलिय गठबन्धनलाई बढारेर समाप्त पार्ने द...































