कोशीमा चाँडो गरिबी निवारण गर्न सकिन्छ : प्रधानमन्त्री ओली
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि नभएका काम केही वर्षमा भएका बताएका छन् । आज कोशी प्रदेशसभालाई सम्बोधन गर्दै उनले साधारण मात्र नभएर असाधारण काम गरेको बताएका हुन् ।
‘विकास निर्माणका काममा हामीले दूरगामी दृष्टि प्रस्तुत गरेका छौँ’, ओलीले भने, ‘नेपाली जनताको आकाङ्क्षा सुखी नेपाली र समृद्ध नेपाल हो । सिङ्गै नेपाललाई सुशासन र समृद्ध बनाउनु पर्छ र सिङ्गो नेपालीलाई सुखी नेपाली बना...





























