संगालोखबर


विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियुक्त भएका छन् ।

संविधानसभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए ।

Advertisement

जापान भ्रमणको विवादका कारण तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते राजीनामा दिएपछि कानुन मन्त्रालय मन्त्री विहीन बनेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!