आर्थिक विकासका लागि स्थिर सरकार आवश्यक : कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।
मोरङको बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणालीलाई संशोधन गर्नुपर्नेमा जोड दिए ।
स्थिर सरकार नभएकै कारण सोचजस्तो मुलुकको विकास हुन नसकेको उनको तर्क थियो...































