एमाले निर्वाचन : सचिवमा महेश बस्नेत अगाडि, पद्मा र छविलाल पछ्याउँदै
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सचिव पदका उम्मेदवार महेश बस्नेत अगाडि देखिएका छन् । उनले पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
बस्नेतले ७८३ मत प्राप्त गर्दा दोस्रो स्थानमा पद्मा कुमारी अर्यालले ७७८ मत पाएकी छन् । यस्तै छविलाल विश्वकर्माले ७६९, शेरधर राईले ७६७, हिक्मत कुमार कार्कीले ६७२, यामलाल कँडेलले ६२६, खगराज अधिकारीले ६८०, राजन भट्टराईले...























