संगालोखबर


विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि छनोटका लागि मोरङबाट एक सय ४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

२१ खुला, १५ महिला, ३ दलित र ७ युवासहित ४६ जना प्रतिनिधिका लागि प्रतिनिधिका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मोरङ क्षेत्र नं. १ को खुला तर्फ ४ प्रतिनिधिका लागि १३ जना, ३ महिलाका लागि ८ जना र एक युवा प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

क्षेत्र नं. २ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि १२ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ६ जना र युवा तर्फ एक प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ३ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि २४ जना, महिला तर्फ ३ प्रतिनिधिका लागि ७ जना र युवा तर्फ २ प्रतिनिधिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. ४ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ७ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना र युवा तर्फ एक प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. ५ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ८ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ४ जना र युवा तर्फ एक प्रतिनिधिका लागि २ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. ६ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि ११ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना र युवा तर्फ एक प्रतिनिधिका लागि ७ जनाको उम्मेदवारी परेको छ । दलित क्षेत्रको खुल्ला तर्फ २ प्रतिनिधिका लागि ७ जना र महिला तर्फ एक प्रतिनिधिका लागि ३ को उम्मेदवारी परेको छ ।

आगामी मंसिर २७ गतेदेखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशन प्रतिनिधिका लागि मंसिर १३ गते निर्वाचन हुँदैछ । मंसिर ११ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!