संगालोखबर


विराटनगर । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू आशावादी रहेको बताएका छन् । आज कोशी प्रदेशसभा भवनको निरीक्षणका क्रममा विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू आशावादी रहेको बताएका हुन् ।

आफूहरू न्यायालयमा गएको र न्याय ठीक ढङ्गबाट भएको खण्डमा संसद् पुनर्स्थापना हुने उनले विश्वास व्यक्त गरे । उनले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको बताए ।

Advertisement

सभामुख घिमिरेलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट र प्रदेशसभा सचिव सुदर्शन खड्काले बन्दै गरेको र जलेको भवन निरीक्षण गराएका छन् ।

जेनजी आन्दोलनका क्रममा विराटनगरको देवकोटा चोकमा रहेको प्रदेश सभा आगजनी र तोडफोडका कारण ध्वस्त भएपछि कटहरीको कृषि बजारमा सारिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!