संगालोखबर

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि सार्वजनिक गरेको निर्वाचित कार्यतालिका अनुसार आज अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । आज साँझ ५ बजेसम्मका लागि तोकिएको दावी विरोधको समयमा कुनै उजुरी प्राप्त नभएपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हो ।

Advertisement

अब, निर्वाचन कार्यतालिका अनुसार १० गते बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । ८ हजार २ सय ३६ पार्टी सदस्य रहेको धनकुटामा महाधिवेशनका लागि १३ जना प्रतिनिधि छनौट हुने एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले जानकारी दिनुभयो ।

खुलातर्फ ७ जना, महिलातर्फ ४ जना, ४० वर्षमुनिको युवा १ जना र दलित एक जना महाधिवेशन प्रतिनिधि छनौट हुनेछन् । सकेसम्म सहमतिबाटै प्रतिनिधि टुङ्गो लगाइने र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचनबाट प्रतिनिधि छनौट गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो ।

एमालेको केन्द्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!