संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन् । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा आफू सवार गाडीमा रातो मसी छ्यापिएपछि सामाजिक सञ्जालमार्फत उनले सो कुरा व्यक्त गरेका हुन् ।

उनले आफूहरूमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय रहेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा-जुलुस र देशभर स्वतन्त्र रूपमा आवत-जावत गर्नु सबै नागरिकको अधिकार हो । तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन’, उनले फेसबुकमा लेखेका छन् ।

Advertisement

यस्तै उनले प्रहरीले तत्परता देखाएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । ‘हिंसा होइन विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत देश अगाडि बढ्छ’, उनले लेखेका छन्, ‘अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन ।’

बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु भएको उनको भनाइ छ । ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउने उनको विश्वास छ ।

केही दिनअघि बाराको सिमरामा हुने कार्यक्रममा आउन लागेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेता युवाहरूले विरोध गरेपछि काठमाडौं विमानस्थलबाटै फर्किएका थिए । सोही विषयलाई लिएर दुई दिन सिमरामा तनाव भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!